एचआईभी/एड्स
विस्तृत विवरणका लागि हेर्र्नुहोसः www.undp.org.np/hivaids

| सेवा श्रेणीहरु |
| एसएल ५.२ बिकास योजनाहरु निर्माण र कार्यान्वयन र एचआईभी/एड्सको प्रतिवाद |
यूएनडिपिले यी राष्ट्रिय रणनीति र राष्ट्रिय कार्ययोजनाको केन्द्रीय ढाँचा अर्न्तगत रही विस्तृत एचआईभी/एड्स निरोध तथा उपचार कार्यक्रमहरु कार्यान्वयन गर्दछ । प्रत्येक लक्ष्यित बर्गका लागि यस विस्तृत कार्यक्रममा व्यवहारगत परिवर्तन संचार, शिक्षा, बाहृय गतिविधिहरु, सामुदायिक जागरण र पक्षपोषण, भेटघाट केन्द्र, निशुल्क सल्लाह र परीक्षण सेवा वा उपचारार्थ पठाइएका र सरुवा यौन रोगको उपचार सेवा समावेश हुन्छन ।
यस परियोजनाको कुल बजेट रकम सन् २००७ देखि डिसेम्बर २००८ सम्मका लागि अमेरिकी डलर १९,२२५,९१४/- छ ।
हाल एचआईभी/एड्स कार्यक्रम व्यवस्थापन इकाई २८ भन्दा बढी जिल्लाहरुमा ५३ साझेदारहरुसंग कार्यरत छ । साथै, एचआईभी/एड्स कार्यक्रम व्यवस्थापन इकाईले एचआईभी सङ्क्रमितहरुद्वारा गठित समुदायमा आधारित ८७ वटा संस्थालाई मद्दत गरिरहेको छ ।
