पर्यावरण र उर्जा – कार्यक्रमहरू — नेपालमा युएनडिपी

गृह पृष्ठ » कार्यक्रमहरू » पर्यावरण र उर्जा

पर्यावरण र उर्जा




सेवा श्रेणीहरु
एसएल ३.१ दिगो विकासका लागि रणनीति र रुपरेखाहरु

एसएल ३.३ दिगो उर्जा सेवामा पहुँच

एसएल ४.१ द्वन्द्व निवारण र शान्ति निर्माण

एसएल ४.५ प्राकृतिक प्रकोप न्यूनीकरण

नेपालको जनसंख्याको ९० प्रतिशत मुख्यतः जीविकाका लागि कृषिमा निर्भर रही ग्रामीण क्षेत्रमा बसोबास गर्दछन । तिनको आधा संख्या निरपेक्ष गरिबीको अवस्थामा जीवन निर्वाह गर्छन र गुजाराका लागि ठुलो मात्रामा प्राकृतिक वातावरणमा निर्भर छन् । परिणामस्वरुप, एकातर्फनेपालका ग्रामीण क्षेत्रहरु गम्भीर ढंगको भूक्षय, बन जंगल विनाश र जैविक विविधता र्‍हासको सामना गर्दै दाउरा र खानेपानीको अभाव भोग्दैछन भने अर्को तर्फबाढी र पहिरो रुपी प्राकृतिक प्रकोपको वाषिर्क चक्रको चपेटामा गम्भीर रुपमा परेका छन् ।

नेपालमा निरन्तर पर्यावरणीय क्षयीकरणले गरिबहरुको मूख्य सम्पदाहरुमा वास्तविक धक्का सिर्जना गरेको छ । गरिबहरु पर्यावरणीय क्षयीकरण, स्वच्छ उर्जा सेवाको अभाव र प्राकृतिक खतराको सिल्सिलाबाट विषम रुपमा प्रभावित भएका छन् । पर्यावरणीय सुरक्षाका उपायहरुको कडाईका साथ पालना र विकास कार्यक्रमहरुमा स्थानीय जनताको व्यापक सहभागितालाई सुनिश्चित गर्दै दिगो विकासका लागि गरिबउन्मुख विकास नीति तथा रुपरेखाहरु तयार गर्नका लागि यूएनडिपिले नेपाल सरकारलाई ठुलो सहयोग गरेको छ । यी नीतिहरुले प्राकृतिक साधनहरुको न्यायपूर्ण प्रयोग र जाति, लिंग, दरिद्रता र अभाव अनुरुप ती साधनबाट आर्जित लाभहरुको समान वितरणलाई थप प्रत्याभूत गर्दछन् ।

सामुदायिक तहमा यूएनडिपिले स्थानीय समुदायहरुको आफ्नो विकास प्राथमिकताबारे निर्णयलिनका लागि आफै संगठित हुने र पर्यावरणीय शासनका सिद्धान्तहरुमा आधारित पूर्ण र एकिकृत परिपाटीबाट जैविक विविधता, पानी, जंगल र भूमिलगायतका प्राकृतिक साधनहरुको व्यवस्थापन गर्ने क्षमता अभिबृद्धिमा ठुलो योगदान गरेको छ । पर्यावरणीय व्यवस्थापन मार्फ दिगो सामुदायिक विकास, स्थानीय जनतालाई श्रेयस्कर स्तरीय जीवन हासिल गर्न सक्षम बनाउने र पर्यावरणको अवस्थामा सुधारका दिशामा एउटा महत्वपूर्ण पाइला हो । यूएनडिपिको सहायताले ग्रामीण विकासको प्रक्रिया संचालनका लागि आवश्यक उर्जा सेवाहरुसम्मको पहुँच र समुदायको सामना गर्ने क्षमतामा अभिबृद्धिका माध्यमबाट प्रकोपका जोखिम न्यून गर्ने कार्य बीचको सुसंगत अवधारणामा जोड दिएको छ ।

स्थानीय समुदायहरुको आफ्ना अंगहरुको दिगो प्रयोगको भूमिकालाई सुनिश्चित गर्ने र भूदृश्य तहमा सबै प्रकारका जैविक विविधताको संरक्षण तर्फसरकारको निरन्तर प्रतिबद्धतालाई टेवा दिने अति महत्वपूर्ण नीति, दीर्घकालिन नेपाल जैविक विविधता रणनीति (NBC) निर्माणमा यूएनडिपिको सहायता कारक रहेको छ । यूएनडिपिले नेपाल सरकारलाई विश्वव्यापी साधनहरुको परिचालन र तराई भूखण्डको पश्चिमी भागमा बहुबर्षीय भूदृश्य कार्यक्रमको कार्यान्वयनका लागि राष्ट्रिय स्तरमा कार्यक्रमिक साझेदारीको विस्तारमा सहयोग गरेको छ ।

सन् १९९६ मा प्रारम्भ भएको ग्रामीण उर्जा विकास कार्यक्रमले लघु विद्युत, सौर्य उर्जा, जैविक ग्याँस जस्ता ग्रामीण उर्जा प्रणालीहरु र राष्ट्रिय प्रसारण संजालसम्म पहुँच नभएका दुर्गम गाउँहरुमा सुधारिएको चुल्होलाई प्रबर्धन गर्ने एउटा सामूहिक अवधारणालाई प्रबर्धन गरेको छ । यो सहायता नेपालमा ग्रामीण उर्जाका पक्षमा विकेन्द्रीकृत उर्जा योजना र नीतिगत सुधारका लागि राष्ट्रिय तथा स्थानीय क्षमता विकासमा महत्वपूर्ण छ ।

यूएनडिपि-विश्वव्यापी पर्यावरण सुविधा/लघु अनुदान कार्यक्रम (UNDP-GEF/SGP) ले स्थानीय गैरसरकारी संस्थाहरु तथा समुदायमा आधारित संस्था (CBO)हरुलाई सामुदायिक स्वामित्वको पर्यावरणीय परियोजनाहरुको कार्यान्वयन, जस्बाट स्थानीय समुदायहरुले तिनीहरुको जीवन यापनमा मद्दत हुने गरी प्राकृतिक संसाधन र उर्जा सेवाहरुको प्रभावकारी प्रयोग गर्दछन, मा सहयोग गर्छ । स्थानीय तहमा जीवन यापन अभिबृद्धि तथा जैविक विविधता संरक्षणमा सहायता गर्दा यी परियोजनाहरुले विश्वव्यापी मौसम परिवर्तनको असरलाई न्यून गर्नमा पनि योगदान पुर्‍याउँदछन ।

प्रकोप व्यवस्थापनमा यूएनडिपिको संलग्नताले प्रकोपपछिको स्थितिका लागि तयारीमा केन्द्रीत हुनुभन्दा प्रकोप जोखिमको व्यवस्थापनका लागि राष्ट्रिय तथा स्थानीय क्षमता विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । प्रकोप प्रवृत्ति विश्लेषण, भू-सूचना प्रणाली (GIS)मा आधारित खतरासूचक नक्साको तयारी र नमूना जिल्लाहरुमा जिल्ला प्रकोप व्यवस्थापन योजनाहरुमा यूएनडिपिको सहायता निर्णायक रहेको छ ।

माथिका प्रयासहरु नेपालमा पर्यावरणीय क्षयीकरण न्यून गर्न र स्थानीय समुदायहरुको स्वाबलम्बी सामुदायिक संस्थाहरुका रुपमा विकसित हुने क्षमता अभिबृद्धि गर्न सहायक सिद्ध भएको छ । र प्रमाणिक प्रतिबद्धताका साथमा यूएनडिपिले गरिबहरुको अपार निधि, भविष्यमा नेपाली जनताको जीवनमा निरन्तर स्तरोन्नति देख्छ ।

यूएनडिपिद्वारा सहयोग गरिएका कार्यक्रमहरु/परियोजनाहरुको जिआइएस नक्सा (५३६ केबि)

यूएनडिपिको उर्जा तथा पर्यावरण साइट हेर्नुहोस

उर्जा तथा पर्यावरण कार्यक्रम सूची