गरिबी निवारण – कार्यक्रमहरू

| सेवा श्रेणीहरु |
| एसएल १.२ शताब्दी विकास लक्ष्य हासिल गर्न गरिबमुखी नीतिमा सुधार एसएल ४.१ द्वन्द्व निवारण तथा शान्ति निर्माण एसएल २.६ विकेन्द्रीकरण, स्थानीय शासन र शहरी/ग्रामीण विकास, शताब्दी विकास लक्ष्य हासिल गर्न गरिबमुखी नीतिमा सुधार |
यूएनडिपिले खासगरी लघु उद्यमका माध्यमबाट गरिब, सिमान्तकृत तथा उत्पीडित समूहहरु, समुदायहरुमा रोजगारी एवं आय आर्जनका अवसर श्रृजना गर्न र ग्रामीण गरिब, सिमान्तकृत तथा उत्पीडित समुहहरु र समुदायहरुमा विशेष केन्द्रीत बैकल्पिक उर्जा सेवाहरुको खोजी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निरन्तर सहयोग गर्दै आएको छ । यस कार्यमा डिएफआइडि, अष्ट्रेलिया र न्यूजिल्याण्ड मुख्य श्रोत साझेदार रहेका छन् ।
सन् २००७ मा यूएनडिपिले समावेशी शान्ति निर्माण विषयमा चौंथो राष्ट्रिय मानव विकास प्रतिवेदन, २००८ तर्जुमाका लागि तयारी कार्यहरु सम्पन्न गरेको छ । सन् २००८ मा सार्वजनिक गरिने यस प्रतिवेदनले पुननिर्माण, मेलमिलाप, आर्थिक विकास र रोजगारीमा जोड दिनेछ र अन्य द्वन्द्व प्रभावित राष्ट्रहरुको सिकोबाट निर्मित द्वन्द्वोत्तर पुनर्निर्माण सम्बन्धी नीतिका विकल्पहरु प्रदान गर्नेछ । यूएनडिपि विभिन्न विश्वविद्यालयहरुलाई अध्यापनको मूलधारमा मानव विकासको अवधारणा र विचारधाराहरुलाई समावेश गर्न निरन्तर सहयोग प्रदान गर्दछ ।
विगतको सहयोगका आधारमा सन् २००७ मा, नेपालको व्यापार सम्बन्धी क्षमता अभिबृद्धि परियोजनाका माध्यमबाट सरकार तथा निजी क्षेत्रलाई नेपालको विश्वव्यापी सम्मिलनबाट उपलब्ध व्यापारिक अवसरहरुबाट लाभ उठाउन सक्षम बनाउन र गरिबी न्यूनीकरणमा योगदान दिन यूएनडिपिको सहयोग केन्द्रीत रहृयो ।
गरिबी न्यूनीकरण तर्फ यूएनडिपिको सहयोगबाट नेपालमा धेरै सकारात्मक तथा सुस्पष्ट परिणाम देखा परेको छ । धेरै जनताले आर्थिक तथा सामाजिक जीवनमा श्रेयस्कर रुपमा सहभागी हुने थलोहरू भेट्टाएका छन् । यूएनडिपिले नेपालमा स्थानीय सशक्तिकरणलाई उत्प्रेरित गर्न र सामाजिक परिचालनमा सहयोग गरेको छ । यी महत्वपूर्ण उपलब्धिहरु दिगो रहनु आवश्यक छ ।
यूएनडिपिद्वारा सहयोग गरिएका कार्यक्रमहरु/परियोजनाहरुको जिआइएस नक्सा (५३६ केबि)
यूएनडिपिको गरिबी न्यूनीकरण साइट भ्रमण गर्नुहोस
गरिबी न्यूनीकरण कार्यक्रम सूची
