Search

   
गृह पृष्ठ » कार्यक्रमहरू » संकट निवारण र पुनः स्थापना

संकट निवारण र पुनः स्थापना

प्रकाशनहरु | सफलताका कथाहरु


सेवा क्षेत्रहरु
एसएल ४.१ द्वन्द्व निवारण र शान्ति निर्माण

शान्ति निर्माणको मोर्चामा नेपालले सन् २००७ मा बृहत शान्ति सम्झौता (CPA), २००६ मा हतियार र सेनाको व्यवस्थापन अनुगमन सम्झौता (AMMAA) को कार्यान्वयनमा धेरै चुनौतिहरु सामना गर्‍यो ।

यी चुनौतिहरुमा सम्झौताहरुको कार्यान्वयनमा सिमान्तकृत समूहहरुको संलग्नताको संयन्त्र स्थापना, सुरक्षा क्षेत्रको भविष्यलाई सम्बोधन गर्ने तत्परताहरुको विकास, कानून र व्यवस्था तथा मानव अधिकारको स्थितिमा समग्र सुधार सुनिश्चित गर्ने र बृहत शान्ति सम्झौताको कार्यान्वयनका लागि श्रोत परिचालन पर्दछन् ।

नयाँ संविधान लेखनका लागि संविधान सभाको निर्वाचन, जुन राष्ट्रको सबै भागबाट लोकतान्त्रिक रुपमा निर्वाचित प्रतिनिधिहरुबाट पहिलो पटक लेखिने संविधान हुन सक्छ, का लागि उचित वातावरण सुनिश्चित गर्नु एउटा अर्को मुख्य चुनौति थियो ।

यी केही चुनौतिहरुको सामना गर्नका लागि मद्दत गर्न, पुनः स्थापना र पुनः सम्मिलन, संविधान निर्माणमा सहयोग, चुनावमा सहयोग र शान्ति निर्माण, यी चार मुख्य क्षेत्रमा केन्द्रीत रही यूएनडिपिले सन् २००७ को शुरुमा शान्ति निर्माण र पुनः स्थापना इकाइ स्थापना गर्‍यो । बेलायत नर्वे र स्वीट्जरल्याण्ड यस प्रयासलाई सहयोग गर्ने प्रमुख दाताहरु थिए । यूएनडिपिको संकट निवारण र पुनः स्थापना व्यूरोले वित्तीय सहयोग र परामर्श तथा प्राविधिक सहायताका माध्यमबाट कार्यहरुको समूहमा सहयोग गरेको छ ।

यूएनडिपिले शान्तिलाई सहयोग गर्ने क्रियाकलापहरु आरम्भ गरेको छ र विकासका माध्यमबाट तल्लो तहसम्म पुर्नमिलनलाई सम्बर्धन गर्न समुदायसम्म पुग्ने कुरामा मुख्य जोडलाई निरन्तरता दिएको छ ।
अनमिनलाई माओवादी सेना र तिनीहरुको हतियारको दर्ता एवं प्रमाणिकरण सम्बन्धी बृहत रणनीतिको रुपाकंन र कार्यान्वयनमा र सम्झौताको अंगको रुपमा बराबरको संख्यामा नेपाली सेनाको हतियारलाई तालाबन्दी गर्ने कार्य सहज बनाउन मुख्य सहयोग प्रदान गरियो । सन् २००७ फेब्रुअरीमा सम्पन्न भएको माओवादी लडाकुको सफल दर्ता र संयुक्त राष्ट्रद्वारा अनुगमन गरिएको हतियार भण्डारणले अन्तरिम सरकारमा माओवादीको समावेशीकरणको दिशामा मद्दत पुर्‍याएको छ ।

अर्थ मन्त्रालयको अनुरोधमा यूएनडिपिले शान्ति सम्झौताहरुको कार्यान्वयनसंग सम्बन्धित विभिन्न परियोजनाहरुमा विकास साझेदारहरुको वित्तीय सहायताको परिचालन र समन्वयका लागि नेपाल शान्ति ट्रष्ट कोष स्थापना गर्ने सरकारको सत्प्रयासमा प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

संविधान सभा निर्वाचन र संविधान लेखन प्रक्रियाको तयारीका लागि, संविधान निर्माण प्रक्रियामा सक्रिय सहभागिताका लागि मुख्य राष्ट्रिय पात्रहरु र जनसाधारणमा सुझबुझ निर्माण एवं तदारुकतामा सहयोग गर्न सन् २००६ को अन्तिम तिर यूएनडिपि संवैधानिक परामर्श सहायता इकाइ गठन गरियो ।

यूएनडिपिले निर्वाचन आयोगलाई संविधान सभा निर्वाचनको तयारी कार्यमा अनमिनसंगको निकट सहयोगमा विशेषज्ञ प्राविधिकहरु उपलब्ध गराएको छ । यूएनडिपिले आन्तरिक तथा अन्तराष्ट्रिय निर्वाचन पर्यवेक्षकहरुलाई तालीम र सहयोग प्रदान गर्नका लागि निर्वाचन पर्यवेक्षण श्रोत केन्द्र स्थापनामा सहयोग गरेको छ ।

जुलाई २००७ मा यूएनडिपिको शान्ति परियोजनामा सहभागिताका रुपमा यूएनडिपिद्वारा सहयोग गरिएको समुदायमा आधारित संस्थाहरु, स्थानीय सामुदायिक रेडियोहरु र विविसि विश्व सेवा ट्रष्टका बीच अनुपम शान्ति निर्माण सहकार्यको शुरुवात भएको छ । नेपालका ७५ जिल्लाहरुमध्ये ६६ जिल्लाहरुका २५,००० सामुदायिक संस्थाहरुलाई लक्ष्यित गरिएको अर्न्तक्रियामूलयक रेडियो कार्यक्रमहरुका माध्यमबाट परम्परागत रुपमा बहिष्कृत समुदायका जनताको शान्ति तथा संविधान निर्माण प्रक्रियाहरुमा र्सार्थक सहभागितालाई सुदृढ गर्नु यस सत्प्रयासको मुख्य उद्देश्य थियो ।

संकट निवारण र पुनः स्थापना कार्यक्रम सूचि