नेपालमा युएनडिपी

नेपालमा युएनडिपी





नेपालमा संयुक्त राष्ट्र संघीय प्रणालीलाई यूएनडिपिको सहयोग
यूएनडिपिले संयुक्त राष्ट्र संघको राष्ट्रिय टोलीसंगै राष्ट्रिय प्राथमिकताहरु र देशको त्रिबर्षीय अन्तरिम विकास योजनासंग मिलान हुने गरी यूएनडिएएफको निर्माणमा काम गरेको छ । यूएनडिएएफ २००८-२०१० को तयारीलाई रेखदेख र निर्देशन गर्न एउटा निर्देशक समिति स्थापना गरिएको छ ।

Public Information
Information about UNDP
Country Programme
Management
राष्ट्रिय कार्यक्रम कार्ययोजना (CPAP)
United Nations Development Assistance Framework for Nepal
राष्ट्रिय कार्यक्रम दस्तावेज (CPD)
बहु बर्षीय सहायता रुपरेखा (MYFF)
राष्ट्रिय सहयोग रुपरेखा (CCF)
कोषको श्रोतबाट गरिएका कार्यक्रम (विगत र चालू बर्षमा राष्ट्रिय कार्यालयका गतिविधिहरुमा सहयोग गर्न अमेरिकी डलर एक लाख वा सो भन्दा बढी उपलब्ध गराउने सबै श्रोतहरु)
विगत आर्थिक बर्षहरुमा उपलब्ध रकमको मुख्य श्रोतहरुको सूची
Delivery in previous fiscal years
Ongoing projects in 2008
प्रमापक आधारभूत रुपरेखा सम्झौता
Information about UNDP
Operations
कर्मचारीहरुको कुल संख्या (२००८-२००९)
१००,०००.०० भन्दा बढीको प्राप्ति सम्झौताहरु - अनुसूचीहरु
१२ महिनाको अवधिमा २०,०००.०० डलर वा सो भन्दा बढी पारिश्रमिक आर्जन गर्ने हाल कार्यरत सल्लाहकारहरुको सूची
राष्ट्रिय कार्यालय मद्दती सेवाहरुको व्यवस्थाका लागि सम्झौता पत्र
नेक्स / डेक्स परियोजनाहरुको सेवाहरुका लागि यूएनडिपि नेपालको मूल्य सूची
प्राविधिक सहायता परियोजनाहरुका लागि चालू व्यवस्थापन दिग्दर्शन
हामी कसरी काम गर्र्छौ
(मुख्य प्राप्ति निर्णयहरु, आन्तरिक नियम र विनियमहरु)
यूएनडिपि संयुक्त राष्ट्र संघको विश्वव्यापी विकास संजाल हो, एउटा संस्था जस्ले परिवर्तनको पक्षपोषण गर्दछ र राष्ट्रहरुलाई जनताको श्रेयस्कर जीवन निर्माण गर्न ज्ञान, अनुभव र श्रोतसँग जोड्दछ । हामी १६६ देशमा ती देशहरुसंग तिनीहरुको विश्वव्यापी र राष्ट्रिय विकासका चुनौतिका समाधानका दिशामा कार्यरत छौं । जब तिनले स्थानीय क्षमता विकास गर्छन, यूएनडिपि र हाम्रा बृहत्तर साझेदार तर्फ आकर्षित हुन्छन् ।

विश्वका नेताहरुले सन २०१५ सम्ममा गरिबीलाई आधा घटाउने केन्द्रीय लक्ष्य सहितको सहस्राब्दी विकास लक्ष्यलाई प्राप्त गर्ने आधिकारिक उद्घोषण गरेका छन् । यूएनडिपिको संजालले यी लक्ष्यहरु प्राप्त गर्न विश्वव्यापी र राष्ट्रिय प्रयासमा हातेमालो र समन्वय गर्दछ ।

हामीहरु राष्ट्रहरुलाई निम्न चुनौतिहरुको समाधान गर्न सक्षम बनाउन र समाधानका उपायहरुको आदान प्रदानमा सहयोग गर्न केन्द्रीत छौं : यूएनडिपिले विकासशील राष्ट्रहरुलाई सहायता प्राप्ति र तिनको प्रभावकारी प्रयोगमा मद्दत गर्दछ । हामी, हाम्रा सम्पूर्ण गतिविधिहरुमा मानव अधिकारको संरक्षण र महिला सशक्तिकरणलाई प्रोत्साहित गर्दछौं ।

यूएनडिपिद्वारा तयार पारिएको वाषिर्क मानव विकास प्रतिवेदन मुख्य विकास मुद्दाहरुबारे विश्वव्यापी बहस, नयाँ मापन उपकरण प्रदान, नवीनतम विश्लेषण र धेरैजसो विवादास्पद नीति प्रस्तावहरुमा केन्द्रीत छ । यूएनडिपिले उक्त विश्व प्रतिवेदनको विश्लेषणात्मक रुपरेखा र समावेशी अवधारणाहरुलाई क्षेत्रीय, राष्ट्रिय तथा स्थानीय मानव विकास प्रतिवेदनहरुसम्म पुर्‍याउन पनि सहयोग गर्दछ ।

प्रत्येक राष्ट्रिय कार्यालयमा, यूएनडिपिको आवासीय प्रतिनिधिले सामान्यतया सम्पूर्ण संयुक्त राष्ट्र संघीय प्रणालीका विकास सम्बन्धी गतिविधिहरुको आवासीय समन्वयकर्ताका रुपमा समेत सेवा गर्दछन । यस्तो समन्वयका क्रममा यूएनडिपि संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय सहायता साधनहरुको थप प्रभावकारी प्रयोगलाई सुनिश्चित गर्न चाहन्छ ।


नेपालमा यूएनडिपि
यूएनडिपिले नेपालीहरुको गरिबी विरुद्धको संघर्षलाई सघाउन नेपालमा आफ्नो पहिलो कार्यालय सन् १९६३ मा स्थापना गर्‍यो । सन् १९६३ देखि यूएनडिपिले नेपालमा गरिबी निवारण कार्यक्रमहरुको प्रभावकारी रुपांकन र कार्यान्वयनलाई सम्बोधन गर्ने कडीहरु निर्माण गर्ने कार्य गरेको छ ।


चालू कार्यक्रमिक प्राथमिकताहरु
  • संक्रमणकालिन शासन
  • समावेशी अभिबृद्धि र दिगो जीवन यापन
  • शान्ति निर्माण तथा पुनः स्थापना
  • उर्जा, पर्यावरण र प्राकृतिक प्रकोप व्यवस्थापन
  • एचआइभी / एड्स

सहयोग तथा कार्यक्रमको प्रकार
नेपालका लागि राष्ट्रिय सहायता रुपरेखा (CCAF-पहिलो, १९९७-२००१) सरकारको नवौं विकास योजना (१९९७-२००१) र यूएनडिपिको कार्यादेशसंग मिलान हुने गरी निर्माण गरिएको थियो । लोकतान्त्रिक शासन, गरिबमुखी नीति तथा दिगो जीवन यापन, उर्जा, पर्यावरण र प्राकृतिक प्रकोप व्यवस्थापन, संकट निवारण र पुनः स्थापना (CPR) तथा एचआइभी / एड्सप्रति सचेतनाका क्षेत्रहरुका विकास परियोजनाहरुलाई मद्दतसँगै यूएनडिपिको राष्ट्रिय सहायता रुपरेखा (CCAF-दोस्रो, २००२-२००७) ले गरिबी निवारणलाई सम्बोधन गर्